मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डा.अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । 

शुक्रवारबाट अनिवार्य अवकाशमा जान लाग्नुभएका अर्याललाई सरकारले मुख्य सचिव नियुक्त हुनुभएको हो ।

डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १० : २३ बजे