मन्थली विमानस्थलमा पानी पस्यो

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 

काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य  ११०, मटर कोसा प्रतिकेजी मूल्य १६०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य  ५०, आलु रातो  ४०, नेपाली गोलभेँडा ठुलो ३० कायम भई कारोबार भइरहेको छ । 

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ६०, कागती १६० रुपैयाँ, चमसूरको साग  रु १००, न्युरो  ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ । 

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवी ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ, रहु माछा  ३१५, ताजा माछा९मुंगरी०  ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ । 

यस्तै, मालदह आँप ७०, भारतीय लीच्ची २५०, लोकल लीच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन। १८०, चाइनिज लसुन  २२० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : ३३ बजे