प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु 

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।

बुधवार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनेको सुनुवाइ केही ढिला सुरु भएको छ ।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।

उहाँ विरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग बुधवार छलफल गरेको थियो ।

संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सिफारिसमा पर्नुभएका कार्कीलाई उहाँ विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : ०१ बजे