सुनको मूल्यमा नयाँ कीर्तिमान

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि मोसो दल्ने नेविसंघ अध्यक्ष पक्राउ

मोरङ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङ सभापति सरोज पोखरेललाई बुधबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बूढीगंगा पक्राउ गरेर हिरासत लिएको हो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले पोखरेललाई मोसो दलेको घटनामा मुख्य योजनाकारका रुपमा पक्राउ गरिएको बताउनुभयाे ।

ढकालका अनुसार मोसो दल्ने समूहको नेतृत्व गरेका पोखरेललाई नियन्त्रणमा लिएपछि अन्यलाई पनि पक्राउ गर्न खोजी भइरहेको छ। विश्वविद्यालय सेवा आयोगको कार्यालयले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएको थियो। पोखरेलसहित ३ जनाविरुद्ध किटानी जाहेरी छ। 

उक्त घटनामा १० देखि १५ जना संलग्न रहेको पाइएको छ। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई यही सोमबार बिहान साढे ९ बजे इटहरी उपमहानगरपालिका–२ स्थित निवासबाट बाहिर बोलाएर मोसो छ्यापिएको थियो। 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : ५९ बजे