नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको तर्फबाट बहस जारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट आजको बहस सुरु भएको छ । खाणको पक्षका वकिलले हिजोदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो ।  

पहिलो दिन खाणको तर्फबाट १० जना वकिलले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्त रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् । 

हिजो खाणका तर्फबाट कानुन व्यवसायीहरू  शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १२ : ०९ बजे