संसदीय सुनवाइ समितिमा आज न्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल हुने

काठमाडौँ । आज संसदीय सुनवाइ समितिको बैठक बस्दै छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । 

सङ्घीय संसद् सचिवालयका उपसचिव विमला घिमिरेका अनुसार बैठक ११ः०० बजे, सिंहदरबारमा बस्नेछ  ।   

सर्वोच्च अदालतका न्यायाधीश कार्कीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि संसदीय सुनवाइ समितिले सुनवाइ सुरु गरेको छ ।  

उहाँ विरुद्ध समितिमा २९ वटा उजुरी परेको छ ।

 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ५४ बजे