दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

युक्रेनी राष्ट्रपतिको गृह नगरमा रुसद्वारा आक्रमण, ११ जनाको मृत्यु, २८ घाइते

किभ । रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ । 

मङ्गलवार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारबाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् । 

क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन्। क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय भवनलाई निशाना बनाएको निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्ही लिसाकले बताउनुभयो। 

रुसले आक्रमण गरेको क्रिवीवी रिह सहर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृह नगर हो।

रसियाले रणनीतिक रूपमा यहाँ रातभर हमला गर्‍यो, जसले सो क्षेत्रमा ठुलो क्षति पुर्‍यायो। यो विनाश रुसी सेनाको युद्धमा पछिल्लो रक्तपात हो । पश्चिमाको सहयोगमा युक्रेनी सेनाले रुसीहरूलाई बाहिर धकेल्ने प्रयास गरिरहेको अवस्था यो आक्रमण भएको हो । 

राष्ट्रपति जेलेन्स्कीले केही तस्बिरहरू सेयर गरेका छन् जसमा अग्नि नियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेको देखिन्छ। जेलेन्स्कीले लेखेका छन्, ‘आतंकवादीहरूबाट थप मिसाइलहरू, रुसी हत्याराहरूले आवासीय भवनहरू, सहरहरू र आम मानिसहरू विरुद्ध आफ्नो युद्ध जारी राखेका छन्’

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ७ : १४ बजे