दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण छ जनाको मृत्यु, दर्जनौँ घाइते

काबुल । अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको छ ।  

सो बाढीमा परेर अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

तालिबान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका विभिन्न प्रान्तमा आएको बाढीका कारण ६ जनाको मृत्यु भएको तथा दर्जनौँ घाइते भएको बताउनुभयो । बाढीका कारण ३० घर ध्वस्त भएका छन् भने सयौँ पशुपक्षी मारिएका छन् । 

अफगानिस्तानका धेरै प्रान्त बाढी र आँधीबाट प्रभावित भएका छन् । जसमा कुनार, नुरिस्तान, बदख्सान, पक्तिया, तखर, घोर र परवान पर्छन्।

यसअघि सलाङ र बडाखस्तान, तखार, बाघलान, नुरिस्तान, कुनार, लघमान, काबुल, लोगर, मैदान वर्दक, परवान र कपिसा प्रान्तमा १० देखि २५ मिलिमिटर वर्षा भएको अफगानिस्तानको मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ६ : ५८ बजे