दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रुसद्वारा पनडुब्बी जहाजमाथि आक्रमण

भ्लादिभोस्टोक – रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ ।

फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको समूहले सिमुलेटेड पनडुब्बी रहेको शङ्कास्पद स्थानमा आक्रमण गरेर नष्ट गरेको प्रेस सेवाले जनाएको छ ।

प्यासिफिक फ्लीट कमाण्डर एडमिरल भिक्टर लिनाको नेतृत्वमा ६० भन्दा बढी युद्धपोत र सहयोगी जहाज, ३५ नौसैनिक विमान, तटीय सेना र ११,००० भन्दा बढी सैनिकहरू सम्मिलित अभ्यासहरू जुन ५ देखि २० सम्म हुँदैछ।

रासस-सिन्ह्वा

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ५ : ३४ बजे