दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या

पेरिस । फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा  ११  वर्षीया बेलाइती कन्याको आइतबार गोली हानी हत्या गरेको छ ।

सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो ।  आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् ।

 उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् ।  उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको  बताइएको छ । 

घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमा बाबुलाई गम्भी चोट लागेको थियो ।  घटनाको एक घण्टा पछि  आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको  छ ।

प्लोनेभेज-डु-फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो।
 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  २ : ०८ बजे