वडाध्यक्षको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा-३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्नुभएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि नक्सा राख्ने क्रम बढेको छ।

वडाध्यक्ष रायमाझीको आफ्नो कार्यकक्षमा किसानका तस्वीर तथा ‘थाहा’ अभियानका प्रणेता रुपचन्द्र विष्टको समेत तस्वीरसमेत राखेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपाली भू-भाग रुपन्देही, कपिलवस्तुसहितको अखण्ड भारतको नक्सा सार्वजनिक गरेपछि त्यसको प्रतिउत्तरमा नेपालमा ग्रेटर नक्सा राख्ने क्रम बढेको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  २ : ०० बजे