महिला क्रिकेट : पाकिस्तानद्वारा नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौँ – हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपालले पाकिस्तान ए विरुद्ध खेल्दैछ । नेपालले अहिले टस जितेर पहिला बलिङ गर्दै १९.२ ओभरमा अल आउट गर्दै ८७ रनमा समेट्न सफल भयो । 

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको थियो । हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले बलिङ रोजेपछि पाकिस्तान ए ले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । 

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ११ : १० बजे