दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जी-२० सम्मेलन : युक्रेन युद्धको उल्लेखमा रुस र चीनको आपत्ति

वाराणसी – वाराणसीमा भएको जी-२० देशका मन्त्रीहरूको बैठकमा युक्रेन युद्धलाई लिएर मतभेद स्पष्ट रूपमा देखा परेको छ । 

बैठकका लागि तयार पारिएको मस्यौदाको अनुच्छेद १० र ११ मा युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै त्यसले विश्वलाई धेरै नोक्सान पुर्‍याइरहेको उल्लेख गरिएको छ । साथै अहिलेको युग युद्धको नभएको पनि उल्लेख गरिएको छ । 

रुस र चीनले भने मस्यौदाका यी अनुच्छेदहरूमा असहमति व्यक्त गरेका छन्। मन्त्रीहरूको यो बैठक भारतीय विदेश मन्त्री एस जयशंकरको अध्यक्षतामा भएको थियो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देशमार्फत बैठकलाई सम्बोधन गरेका थिए ।-एजेन्सी

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ११ : ०२ बजे