आज नेपाल र युएई भिड्दै

काठमाडौँ । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिष्पर्धा गर्दैछ । 

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा सुरु हुनेछ । 

जिम्बाबे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । 

तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो ।  

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : २३ बजे