१८ उपसचिवको सरुवा

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवको सरुवा गरेको छ। 

अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ। अन्य उपसचिवको जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ।

मन्त्री अमनलाल मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रूपमा स्थानीय तहमा खटाउँदै आएका छन्। 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ८ : ०८ बजे