आज वर्षाको सम्भावना

बुद्ध एयरको विमानमा धुवाँ देखिएपछी उडान रद्द

जनकपुरधाम – जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।

सोमबार बुद्ध एयरको  यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।

दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ६ : ३३ बजे