दाङ । स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउँसो भीरबाट खस्दा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका सबैको शव जिल्ला अस्पताल प्युठान ल्याइसकिएको र सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।
कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए । चालक दाङ लमही–५ का टंकबहादुर कुमाल रहेको प्रहरीले पुष्टि गरेको छ । अन्यको सनाखत हुँदै छ ।
घटनाको थप विवरण भने आउन बाँकी छ ।
प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ७ : ०५ बजे
प्रतिक्रिया