काठमाडौं महानगरले डोजर चलाएपछि अनामनगर तनावग्रस्त

काठमाडौँ । काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरु पक्ष र विपक्षमा उत्रिएका छन् ।

सोमवार अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच नै विवाद उत्पन्न भएको हो ।

एकपक्षका अनुसार वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने बताउँछन् भने अर्को पक्षले सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने बताउँछन् । 

दुबै पक्षका स्थानीयहरुबीच विवाद हुँदा अनामनगर  तनावग्रस्त बन्न पुगेको हो । 

विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने स्थानीयवासीको तर्क छ । तर महानगरपालिकाले भने मागको  बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १ : ३३ बजे