मन्थली विमानस्थलमा पानी पस्यो

सुनको मूल्य घट्याे

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य रुपमा घटेकाे छ। साेमबार  सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हाे । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

साेमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। आइतबार भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो। 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १२ : १६ बजे