मन्थली विमानस्थलमा पानी पस्यो

मुक्तिनाथ क्यापिटल लिमिटेडकाे संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । क्यापिटलका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ११ : ०६ बजे