आज वर्षाको सम्भावना

रुसी फौजमा नेपाली युवा आकर्षित

काठमाडाैं । केही हप्ता यता सामाजिक सञ्जाल टिकटक, टेलिग्राम र युट्युबमा नेपाली युवाहरू रुसी फौजमा प्रवेश पाएका भिडियोहरू भाइरल भएका छन् । सार्वजनिक भएका भिडियोहरुमा नेपाली युवाहरुले तालिम लिएका दृश्य र तालिम क्षेत्र जादै गर्दाको दृश्यहरु छन्  ।

सार्वजनिक भएका भिडियोहरुमा नेपाली युवाहरू आफैंले बोलेका छन् र रुसी फौजमा लागेको खुलासासमेत गरेका छन् ।  कतिपय भिडियोहरुमा रुसी सेनामा कसरी प्रवेश गर्ने भनेर सूचना समेत राखेका छन् ।

रुस- युक्रेन युद्ध सुरू भएसँगै रुसले विदेशीहरूलाई आफ्नो सेनामा तान्न कोसिस गर्दै आएको छ जसमा नेपालीहरू पनि आकर्षित भएको देखिन्छन्  ।

सन् २०२२ फेब्रुअरी २४ मा बिहान सबेरै देखि युक्रेनका शहरहरूमा रुसले दर्जनौं मिसाइल आक्रमण गर्दै युद्ध सुरु गरेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ४ : ३४ बजे