एसिया कप पाकिस्तान र श्रीलंकामा हुने, नेपालले भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौं । एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलनमा परेको प्रतियोगिता हुने निश्चित भएको छ । 

एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ । 

प्रतियोगिताका १३ मध्ये करिब पाँचवटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंका आयोजना हुने गरी समस्या समाधान गरिएको हो । श्रीलंकामा हुने खेलमा भारत सहभागी हुनेछ ।

१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ । 
 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १२ : ०४ बजे