सुनको मूल्यमा नयाँ कीर्तिमान

बुहारी हत्या गरी शव पुरी फरार सासू ससुरासहित तीन जना पक्राउ

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका १ गोप्कामा बुहारीको हत्या आरोपमा सासू ससुरा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २७ बर्षिया कविता बुढा (बुहारी) को हत्याको घटनामा संलग्नरहेको भन्दै डिल्लीसिंह बुढा (ससुरा), लहरी बुढा (सासू) र जयवीर बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लहरीलाई घरबाटै र डिल्लीलाई भजनीको सिमावर्ती क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा जेठ २७ गते पक्राउ गरिएको बताइएको छ । डिल्लीसिंह र लहरीको घटना प्रत्यक्ष संलग्न रहेको र जयीवरले घटना पछि फरार भएका डिल्लीलाई लुकाईछुपाई राख्न सहयोग गरेको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीको भनाई छ ।

जेठ १८ गते राती चिर्पटले हिर्काएर हत्या गरेकी कविताको गाउँ नजिकै सामुदायिक वनमा खाल्डोमा पुरिएको अवस्थामा जेठ २३ शव भेटिएको थियो । हत्यापछि सासू सुसुरा मिलेर कविताको शवलाई डोको बोकेर जंगलमा गाडिएको र रगत लागेका कपडा, डोको, फरुवा समेत पुरेको अवस्थामा बरामद भएको प्रहरीले बताएको छ ।

बुहारीको हत्या गरेका सुसुरा डिल्लीले जेठ १९ गते बुहारी हराएको भन्दै प्रहरीमा उजुरी दिएको र त्यसपछि बुढा सम्पर्कबिहिन भएका थिए । हत्या गरिएकी कविताको श्रीमान अर्जुन बुढा कान्छी श्रीमतीका साथ एक बर्षदेखी भारतको बेङ्लोरमा बस्दै आएको बताईएको छ । कविताको ८ बर्षको छोरा रहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : ४५ बजे