प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुने

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनुहुने कार्यक्रम छ ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : ३७ बजे