काबुल – अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँनु भएको छ।
स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भन्नु भएको छ- "हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन। महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन्, ।"
तालिबानी सरकार महिला अधिकार विरोधी रहेको चौतर्फी आलोचनाका बीच यो विवरण सार्वजनिक भएको हो ।
रासस-सिन्ह्वा
प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार ९ : ३५ बजे
प्रतिक्रिया