यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

जाजरकोट ।  पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ ।  

भेरी नगरपालिका– १३ खानेपानी तथा सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो  । 

पौडी खेल्ने क्रममा डुबेर नरबहादुर बस्नेतका वर्ष ८ का  छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेतको मृत्यु भएको हो ।

स्कुलबाट फर्केर खाजा खाएर पौडी खेल्न गएका दुई बालक पौडी खेल्ने क्रममा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ । 

 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ८ : १८ बजे