शहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन आज तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन आज तीन खेल हुदैँछ । 

आज समापन हुन लागेको ए डिभिजन लिगमा हुने तीन खेल मध्ये एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को दुई खेल दशरथ रङ्गशालामा हुनेछ  । 

च्यासल मैदानमा हुने खेलमा सङ्कटा क्लब र न्युरोड टिमबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ ।  

उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी एक आपसमा भिड्ने छन् । जुन खेल दिउँसो २ः०० बजेबाट सुरु हुनेछ ।

यसैगरी, यस सिजनको लिगको अन्तिम खेल भने जावालाखेल र थ्रिस्टार क्लबबीच हुनेछ । जुन खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ७ : ३५ बजे