अझै केही दिन देशभर तापक्रम बढ्ने  

काठमाडौँ । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केही दिनयता तातो हावा तथा 'लु' देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताउनुभएको हो ।

कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताउनुभयो। नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन 'हिट वेभ' बढ्ने बताइएको छ ।

गर्मीका कारण लुलु लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखा पर्न थालेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : ४९ बजे