पहिचानवादीलाई गृहमन्त्रीको आग्रह : सरकारको संयमतालाई कमजोरी नठान्नुस्

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोसी प्रदेशमा भइरहेको पहिचानवादी आन्दोलन अराजक बन्दै गएको भन्दै त्यसले आन्दोलनसँगै संघीयतालाई नै जोखिममा पार्ने तर्फ सचेत गराएका छन् ।

संघीय संसद्अन्र्तगतको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले आफना विचार राख्ने र जनमत निर्माण गर्ने स्वतन्त्रता संविधानले प्रदान गरेको भन्दै त्यसको सीमा नाघेर अराजक गतिविधि गर्ने छुट कसैलाई नभएको बताए ।
‘म फेरि भन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले धेरै संघर्ष गरेर स्थापित गरेको हो । यसमाथि एउटा वा अर्को कोणबाट आक्रमण हुन दिनु कसैको पनि हितमा छैन’” श्रेष्ठले भने, ‘आन्दोलनकारी भन्ने साथीहरूलाई म भन्न चाहन्छु, सबैको आआफ्नो विचार राख्ने स्वतन्त्रता छ । संविधान र संघीय लोकतन्त्रले सुनिश्चित गरेको बाटो लोकतान्त्रिक विधि र संविधानको सीमा भित्रै रहनुपर्छ ।’

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : ४८ बजे