यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

इच्छराजविरुद्धको मुद्दाको बहस हुँदै गर्दा इजलासमै हात हालाहाल

काठमाडौं । सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्ध सहकारी ठगी मुद्दाको सुनुवाइको क्रममा इजलासमा लफडा भएको छ ।

हाल जेल जीवन बिताइरहेका व्यवसायी एवम् पूर्वसांसद इच्छाराज तामाङ  संस्थापक अध्यक्ष रहेको सिभिल सेभिङ तथा क्रेडिट को-अपरेटिभसहकारीका पीडित दुई पक्षबीच अदालतमै हात हालाहाल भएको हाे।

माधवप्रसाद मैनालीको एकल इजलासमा सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भएको हो ।

तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछि पीडितहरू वकिलमाथि खनिएका थिए । लफडा परेपछि प्रहरी बोलाएर स्थिति साम्य पारिएको छ । विवाद साम्य पार्न प्रहरीलाई १५ मिनेटजति लागेको थियो ।

इच्छाराजको सहकारीले ठगी गरेको प्रकरणको मुद्दाको पेशी शुक्रबा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा तोकिएको थियो। 

इच्छाराज तामाङको सहकारी का पीडि दुई समूह न्यायाधीश पराजुलीको इजलास नम्बर २४ बाहिर जम्मा भएका थिए।  

इजलास नम्बर २४ बाहिर जम्मा भएका पीडित दुई पक्षमध्ये एकले अर्का समूहलाई दलाल भनेपछि अवस्था हात हालाहाललसम्म पुगेको  थियो। अदालतभित्रै होहल्ला र लफडा भएपछि तत्कालै प्रहरी पुगेर उनीहरुलाई छुट्याएको थियो। प्रहरीले अहिले दुई पक्षलाई छुट्याएर तितरबितर बनाइसकेको छ।

यो ठगी प्रकरणमा इच्छाराज २०७८ पुस २४ गते पुर्पक्षका लागि जेल चलान भइसकेका उक्त सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको थियो।

 मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले इच्छाराजलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ६७ करोड रुपैयाँ ठगेको भन्दै त्यही बमोजिमको बिगो दाबी गर्दै तामाङसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : ३८ बजे