राष्ट्रियसभा बैठकमा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । आज राष्ट्रियसभा बैठक बस्दै छ ।  

सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ः३० बजे राष्ट्रियसभा बैठक बस्न लागेको हो ।  

आज बस्ने बैठकमा आर्थिक वर्ष २०८० ८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री प्रकाश शरण महतले दिने कार्यसूची रहेको छ । 

गत जेठ १५ गते अर्थमन्त्री महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिएपछि सम्भवतः आज राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ । 

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ९ : ४२ बजे