लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने

दाङ । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुदैँछ ।  

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेशसभाको बैठक बिहान ११ःः०० बजे बोलाइएको छ ।   

प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि सोही अनुसार तयारी गरेको प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ ।

‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ८ : २७ बजे