गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । 

नवलपरासी पूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता  नवलपुरले रु ५० हजार पुरस्कार प्राप्त गर्‍यो । उपविजेता स्याङ्जाले रु ३० हजार प्राप्त गर्‍यो । प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए । 

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो । 

प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो । महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना  गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ७ : २६ बजे