काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सङ्घीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
आज बस्ने बैठकमा आर्थिक वर्ष २०८० /८१ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथिको छलफल जारी रहनेछ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसक्नुभएको छ ।
प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ६ : ५६ बजे
प्रतिक्रिया