यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै छ । 

अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ः०० बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ । उहाँका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग विभिन्न विषयमा छलफल हुनेछ ।  

आज निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतमा छलफल हुनेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ६ : ५१ बजे