काठमाडौँ। नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित हुनुभएको छ ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उहाँलाई सचेतक पदमा मनोनयन गर्नुभएको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार ५ : ५५ बजे
प्रतिक्रिया