मुकुन्द न्यौपानेसहित एमालेका १३ केन्द्रीय सदस्यद्वारा शपथ

​​​​​​​काठमाडौं ।नेकपा एमालेले मनोनीत गरेको १३ जना केन्द्रीय सदस्यहरुको शपथ ग्रहण गराएको छ।

आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउनु भएको हो।

अध्यक्ष ओलीले नेता मुकुन्द न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई शपथ गराउनु भयो ।

कार्यक्रममा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरु सहभागी हुनुहुन्थ्यो।

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ४ : ४६ बजे