दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालियो

काठमाडौँ । रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ ।

अष्ट्रियाका सुरक्षा अधिकारीहरूका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो ।  

यस घटनामा परेर करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको छ भने धुवाँको मुस्लोका कारण उनीहरूको स्वास्थ्यमा प्रतिकुलता देखिएको छ ।  

ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधवार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसै बेला यसको ओभरहेड तार टुटे पछि आगलागी सुरु भएको हो ।  

यात्रुहरू बोकेको उक्त ट्रेनले अटो मोबाइलका समानहरू ओसारपसार गरिरहेको थियो र तीनै तारका केबलबाट आगलागी सुरु भएको थियो, रेलका स्थानीय प्रवक्ताले भने। 

उक्त रेलमा आगलागी भएपछि १ घण्टाभन्दा बढी समय लगाएर आगो निभाइएको थियो, उक्त आगलागीमा परेर कोही पनि हताहत भने भएका छैनन् । 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ७ : १३ बजे