यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

डीएसपी बढुवासिफारिसप्रति प्रहरीमा चरम असन्तुष्टि

काठमाडौं– प्रहरी प्रधान कार्यालयले जेठ २२ गते ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस गर्‍यो। सिफरिस भएको मितिले ७ दिनसम्म पनि उक्त सिफारिसविरुद्ध उजुरी नपरेको अवस्थामा उनीहरुले डीएसपीको दर्ज्यानी चिह्न (फुली) लगाउने छन्। 

तर यो बढुवा सिफारिमा भने प्रहरीभित्र चरम असन्तुष्टि बढेको छ। नेतृत्वले ‘राम्रा’लाई भन्दा ‘हाम्रा’ (आफ्ना)लाई छनोट गर्ने नीति अख्तिायर गरेको भन्दै बढुवामा छुटेकाहरुले तीव्र असन्तुष्टि पोख्न थालेका छन्। मेरिट लिस्टमा अगाडि रहेकाहरुलाई छुटाउने र पछि रहेकालाई अघि ल्याउँदै बढुवा गरिएको भन्दै आक्रोश व्यक्त भएको छ। 

बढुवाको प्रतिस्पर्धामा १४६ जना इन्सपेक्टरहरु थिए। तर प्रहरी प्रधान कार्यालयले १३१ नम्बरसम्मका बाहेकलाई प्रतिस्पर्धी नै नबाएको आरोप पनि लागेको छ। प्रहरी महानिरीक्षको अंगरक्षक बसेकादेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृहजिल्लाका अधिकृत बढुवामा अघि आएको गुनासो प्रहरीमा छ। 

‘फिल्डमा खटिएर काम गर्ने भन्दा यताको फाइल उता सार्नेहरु बढुवामा हाबी भएका छन्,’ बढुवामा छुटेका एक इन्सपेक्टरले भने। 

बढुवामा मानव स्रोत विभागका एआईजी सन्दीप भण्डारी हाबी भएको पनि चर्चा प्रहरीभित्र व्यापक छ। एआईजी भण्डारीले कार्यसम्पादन मूल्याङ्कन हेर्ने भन्दा पनि आफू निकट रहेकालाई बढुवा गरेको आरोप लागेको छ। 

बढुवा समितिको अध्यक्ष रहेका आईजी वसन्तबहादुर कुँवर भन्दा पनि एआईजी भण्डारी हाबी हुँदा उनले कासमू हेर्नुको साटो आफू निकटकालाई मात्र बढुवा गरेको आरोप छ।

फिल्डमा खटिएर जोखिमपूर्ण काम गरेका, अपराध अनुसन्धानमा खटिएर संगठनको साख जोगाएकाहरुलाई यो बढुवाले मनोबल गिराएको उनीहरुको आरोप छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ६ : ०० बजे