साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राजा मौलीको फिल्ममा अमिर खान भिलेन !

मुम्बई । फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता अमिर खानको उपस्थितिको रहस्य खुलेको छ ।

यो कार्यक्रममा अमिरले क्षेत्रीय भाषाका फिल्म आफूलाई मन पर्ने बताएका थिए । उनले राम्रो पटकथा पाएमा कुनै पनि भाषाका फिल्ममा काम गर्न आफू तयार रहेको खुलाएका थिए । उनले आवश्यक परे भाषा पनि सिक्ने जनाएका थिए ।

फिल्म ‘लाल सिंह चड्डा’ पछि अमिरका फ्यान उनको नयाँ फिल्मको प्रतीक्षामा छन् । साउथ सूत्रलाई मान्ने हो भने अमिरलाई चाँडै नै ‘बाहुबली’, ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजमौलीको फिल्ममा दर्शकले हेर्न पाउनेछन् । राजामौली आफ्नो नयाँ फिल्मको कास्टिङको काम गरिरहेका छन् । यदि सबै कुरामा मिलेमा अभिनेता अमिर उनको फिल्ममा भिलेनको भूमिकामा देखिनेछन् । अमिर यसअघि उनको पहिलो फिल्म ‘होली’ र यशराज फिल्मस्को फ्रेन्चाइजी ‘धुम ३’मा भिलेनको भूमिकामा देखिएका थिए ।

राजामौलीको यो त्यही फिल्म हो, जसको घोषणा उनले फिल्म ‘आरआरआर’ पछि गरेका थिए । यो फिल्मका लागि साउथ स्टार महेश बाबुले पहिले नै आफ्नो तारिख निर्धारण गरिसकेका छन् । महेश बाबुको राजामौलीका साथ यो पहिलो सहकार्य हुनेछ । फिल्मको पटकथा माथि काम पुरा भइसकेको छ । राजामौलीले कथा अनुसारको लोकेसन पनि फाइनल गरिसकेका छन् । फिल्मको सुटिङ आगामी वर्ष हुनेछ । फिल्ममा महेश बाबुको अपोजिटमा दीपिका पादुकोण हुनसक्ने सम्भावना देखिएको छ ।

यो फिल्ममा सम्भावित जोडिन सक्ने अभिनेत्रीको नामको सूचीमा दीपिकाको नाम अग्रस्थानमा छ । फिल्म ‘पठान’को सफलतापछि दीपिकाको कुनै पनि नयाँ फिल्मको घोषणा नहुनुमा यो पनि प्रमुख कारण रहेको बुझिएको छ । दीपिका निर्माणाधीन फिल्म ‘फाइटर’को सुटिङ पुरा गरेपछि ‘प्रोजेक्ट के’को काममा व्यस्त हुनेछिन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ९ : २६ बजे