यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

शरणार्थी प्रकरण : अभियुक्त शक्तिशाली छन्, छाड्न नहुने वकिलहरूको जिकिर

काठमाडौं । ​​​​​​​नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शक्तिशाली अभियुक्तहरुलाई छाड्न नहुने वकिलहरूले जिकिर गरेका छन् ।

शरणार्थी प्रकरणमा थुनछेक बहस जारी रहेकै क्रममा पीडित पक्षका तर्फबाट बहस गर्ने सरकारी वकिलहरूले अभियुक्तलाई कुनै हालतमा छाड्न नहुने जिकिर गरेका हुन् ।

सरकारी वकिल सुरबहादुर परियारका अनुसार अभियुक्तहरु पैसा र पावरवाला भएकाले नछाड्न आग्रह गरेका छन् । उनले भने, ‘उनीहरू पैसा र पावरवाला छन् । उनीहरूलाई छाड्यो भने पीडितहरूमाथि सेक्युरिटी थ्रेट छ । प्रमाण पनि नष्ट गर्छन् ।’

पीडित पक्षबाट ८ जना सरकारी वकिल र ५ जना निजी वकिलहरूले बहस गरिरहेका छन् । नीजि कानून व्यवसायीमा स्वागत नेपाल, सुशील शर्मा सापकोटा, राधिका चौलागाईं, दीपकराज रेग्मी र रञ्जित ढुंगेलले पीडित पक्षका तर्फबाट बहस गर्नेछन् ।

पीडित पक्षलाई दिइएको तीन दिनको समय आज सकिँदै छ । सरकारीले बहस गरिसकेपछि निजी वकिलले बहस गनेछन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : ५४ बजे