यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस हुने 

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । 

काठमाडौँ जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।  

न्यायाधीश न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गर्नुभएको थियो। 

पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गर्नुभएको थियो । सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सोपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ५९ बजे