दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

टाउकाको मूल्य डेढ करोड तोकिएका भारतीय कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्यको निधन

काठमाडौं । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।

माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् । भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ लाख भारु तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका उनलाई भारतीय कम्युनिस्ट पार्टी माओवादीभित्र आन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन, रमेश, महेश र एएन नामबाट पनि चिनिन्थ्यो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ३ : २५ बजे