महिला टी-२० क्रिकेटको अन्तिम शृङ्खलाको : टस जितेर मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल 

काठमाडौँ । महिला टी-२० क्रिकेटको अन्तिम शृङ्खलाको खेलमा नेपालले टस जितेको छ । 

नेपाल–मलेसिया बिच जारी महिला टी-२० क्रिकेटको अन्तिम शृङ्खलाको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

नेपाल–मलेसिया दुई खेलमा जीत र दुई खेलमा पराजय गरी बराबरी खेलेका दुवै टिमलाई आज जित्नै पर्ने दबाब छ । आजको खेल जारी शृङ्खलाको पाँचौँ तथा निर्णायक खेल हो ।  

पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भए नेपालले दोस्रो र तेस्रो शृङ्खलामा भने विजय हासिल गरेको थियो । दोस्रो र तेस्रो शृङ्खलामा क्रमशः ७ विकेट तथा २७ रनले विजयी भएको नेपालले सिरिज जित्नका लागि मेहनत गरेको कप्तान रुबिना क्षेत्री बेल्वासेले जानकारी दिएकी छिन ।

नेपालले आज विकेट किपर काजोल श्रेष्ठलाई बेन्चमा राखेर स्पिनर कृतिका मरासिनीलाई आजको निर्णायक खेलमा मौका दिएको छ । अन्य खेलाडी यथावत् रहेका छन् । 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ९ : १६ बजे