प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको दुई दिनअघि मात्र प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालीको शिर नझुकोस् भन्ने शुभकामना र अपेक्षासहितको नागरिक आवाज लेखिएको थियो । मूलतः हामीले सीमाको सवाल, हवाई रुटका विषय, आर्थिक निर्णयको स्वतन्त्रता लगायतका विषयमा नेपालका प्रधानमन्त्रीले भारतीय समकक्षीसँग आफ्ना धारणा स्पष्ट र देशहितको पक्षमा राख्ने अपेक्षा गरेका थियौँ । प्रधानमन्त्रीलाई सचेत गराएका थियौँ कि स्वाधीन र सम्प्रभु राष्ट्रको प्रधानमन्त्रीको उपस्थिति सोही हैसियतमा हुन सकोस् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यग्रताका साथ माग गरेको भारत भ्रमणलाई भारतीय पक्षले नेपालीहरू प्रतिको आफ्नो हेपाइलाई बलियो बनाउने अवसरको रूपमा नलिउन् हाम्रो चिन्ता थियो । यस भ्रमणबाट नेपाल भारत सम्बन्धबाट नेपाली राष्ट्रिय हित र नागरिक सुरक्षा तथा राष्ट्रिय सम्प्रभुता थप बलियो बनोस् हाम्रो जनचाहना थियो । प्रधानमन्त्रीको चार दिने भारत भ्रमणलाई स्वाभिमानी नेपालीको नजरले कस्तो देखेको छ, आज यस लेखमा चर्चा गर्न खोजिएको छ ।
भारतीय स्वागत र व्यवहार
कूटनीतिमा अर्को पक्षसँग आफ्नो सम्बन्धको निकटता, समानता र सम सम्मान स्थापित गर्ने भनेको उक्त देशको कूटनीतिक प्रतिनिधिप्रति गरिने स्वागत, सत्कार र व्यवहार हो ।
भ्रमणको पहिलो दिन राजकीय बिदाइका साथ १२० जनाको जम्बो टोलीसहित हवाई जहाज चढेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको नयाँ दिल्ली विमानस्थलमा स्वागत गर्न भने भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । सायद परराष्ट्र मन्त्री यस जयशंकर देशमा नभएका कारण त्यसो गरिएको भन्न सकिन्छ, तर भारतका अन्य मन्त्रीले मिनाक्षी लेखीसहित उपस्थित भएर स्वागत गरेको भए सम प्रोटोकलको सम्मान हुने थियो की । प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रीसम्मले पनि स्वागत नगरी राज्यमन्त्री पठाइनु र विमानस्थलबाट सार्वजनिक भएको तस्बिरमा स्वागत गर्ने राज्यमन्त्रीको आसन नेपालका प्रधानमन्त्रीसँग समकक्षी रूपमा राखिनुले के सन्देश प्रवाह गरेको छ, हामीले बुझ्न सक्छौँ । र कूटनीतिक क्षेत्रका जानकारहरूले यसको पक्ष विपक्षमा व्याख्या गर्ने नै छन् ।
पहिलो भारतीय सुरक्षा सल्लाहकार जो आफूलाई मन्त्रीभन्दा माथि राख्दछन् उनी नेपालका प्रधानमन्त्रीसँगको कूटनीतिक भेटघाट र छलफलका विषयहरू पूर्वनिर्धारित हुनुपर्छ भन्ने मान्दैनन्, यो उनको नेपालको पदीय मर्यादाप्रतिको हेपाइ हो । दोस्रो, पूर्वनिर्धारित नगरी गरिने छलफलमा सहभागी व्यक्तिहरूको व्यक्तिगत चासो र सरोकारहरू हुन्छन् जसलाई राज्यका आधिकारिक निकायसँग परादर्शीतामा राख्न उपयुक्त मानिरहेका छैनन् । दुवै अर्थमा नेपालप्रति भारतीय हेपाइ र नेपालमा भारतीय षडयन्त्रको शङ्का गर्न सकिन्छ ।
नयाँ दिल्ली विमानस्थल बाहिर सांस्कृतिक झाँकीसहित स्वागत गरिँदा प्रचण्डप्रति सम्मान दिएकै देखिन्छ । तर एयरपोर्टदेखि होटलसम्म राखिएका नरेन्द्र मोदी र प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त तस्बिर सहितको स्वागत बोर्डमा भारतीय प्रधानमन्त्री भारतीय गणराज्यका प्रधानमन्त्री भनी उल्लेख गरिनु र प्रधानमन्त्री पुष्पकमल दाहालको नामको मुनी गणतन्त्र नेपालका प्रधानमन्त्री उल्लेख नगरी गणतन्त्र शब्द झिकेर नेपालका प्रधानमन्त्री मात्र उल्लेख गर्नुले के भारतीय संस्थापन पक्षले नेपालको अगाडी गणतन्त्र स्विकार्न नचाहेको हो भन्ने शङ्का उत्पन्न हुन्छ । यसका लागि उत्तर प्रदेशका मुख्यमन्त्री एवं नरेन्द्र मोदीका निकटस्थ व्यक्तित्व आदित्यनाथले नेपालका राजालाई सम्राट स्वरूप स्वागत गरेको घट्नालाई अलग गरेर हेर्न सकिन्न ।
भ्रमणको पहिलो दिनमा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवले नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । समाचारमा आएका तथ्यहरूलाई हेर्ने हो भने, यो भेट भ्रमण तालिकामा उल्लेखित थिएन । प्रधानमन्त्री पुष्पकमल दाहालको आरामको समयमा बिना पूर्वतय भारतीय सुरक्षा सल्लाहकारको आगमन र भेटघाट र त्यसलाई प्रधानमन्त्रीले सहज स्वीकार गर्नुको अर्थ खोजी हुनु जरुरी छ । कुनै तोकिएको मन्त्री वा कर्मचारीको उपस्थिति बिना भारतीय परराष्ट्र सचिव र सुरक्षा सल्लाहकारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका स्वकीय सचिवको उपस्थिति तस्बिरमा देख्न सकिन्छ । कूटनीतिक र राजकीय सम्बन्धको सवालमा स्वकीय सचिवलाई राज्यले चिन्दैन र बिना राज्य प्रणालीका आधिकारिक व्यक्तिको उपस्थितिमा यस्ता भेटघाट सहज र स्वाभाविक मानिँदैन । यसको सामान्यतया दुई अर्थ लाग्दछ ः पहिलो भारतीय सुरक्षा सल्लाहकार जो आफूलाई मन्त्रीभन्दा माथि राख्दछन् उनी नेपालका प्रधानमन्त्रीसँगको कूटनीतिक भेटघाट र छलफलका विषयहरू पूर्वनिर्धारित हुनुपर्छ भन्ने मान्दैनन्, यो उनको नेपालको पदीय मर्यादाप्रतिको हेपाइ हो । दोस्रो, पूर्वनिर्धारित नगरी गरिने छलफलमा सहभागी व्यक्तिहरूको व्यक्तिगत चासो र सरोकारहरू हुन्छन् जसलाई राज्यका आधिकारिक निकायसँग परादर्शीतामा राख्न उपयुक्त मानिरहेका छैनन् । दुवै अर्थमा नेपालप्रति भारतीय हेपाइ र नेपालमा भारतीय षडयन्त्रको शङ्का गर्न सकिन्छ । अर्को दृष्टिकोणबाट हेर्ने हो भने नेपालका प्रधानमन्त्रीसँग भारत राजनीतिक कूटनीतिक सम्बन्धभन्दा पनि सुरक्षा चासो मात्र खोजेको थियो भन्न सकिन्छ । स्मरण रहोस्, सुरक्षा संयन्त्र कूटनीतिमा हाबी भएका कारण २०६२÷०६३ देखि २०६९ सम्म भारतको नेपाल कूटनीति अत्यन्तै विवादास्पद र आलोचनाको भागिदार बन्न परेको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र सम्झौता
यस पटकको औपचारिक भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भेटघाट भएको स्वयं प्रचण्डले स्वीकार गरेका छन् । भारतस्थित नेपाली दूतावासबाट प्रकाशन गरिएको प्रेस विज्ञप्तिलाई आधार मान्ने हो भने यस भ्रमणमा ६ वटा विभिन्न उद्घाटन र हस्तान्तरण तथा सात वटा विभिन्न सम्झौताहरू सम्पन्न भएका छन् । उल्लेख गरिएका सात वटा सम्झौतामध्ये एकीकृत चौकीको निर्माण नेपालको पनि माग रही आएको विषय हो । तर ट्रान्जिट सम्बन्धी सम्झौताको विवरण हेर्न बाँकी नै छ, परराष्ट्र मामला प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युट बीच गरिने सहकार्यको सम्झौताको विस्तृत विवरण कार्यान्वयन दृष्टिकोण र अभ्यास नहेरी नेपालको हितमा छ भन्न सकिँदैन । तर भारतीय हित स्पष्टै देखिएको दुई वटा ठुला विद्युत् परियोजना भारतले हात पार्न सफल भएको छ ।
ब्रेक थ्रु भनी चर्चा गरिएको पावर पर्चेज सम्झौता केवल नीतिगत सहमति मात्रै हो । यसको विस्तृतीकरणबाट मात्रै साँच्चै ब्रेक थ्रु हो वा ब्रेक प्रोग्रेस् हो भन्ने भन्न सकिन्छ । किनभने भारतले नेपालको अर्थतन्त्र, विद्युत् उत्पादन र व्यापारमा मोनोपोली नियन्त्रणभन्दा बाहिर गएर सहज सम्झौता गर्ने छैन । स्वयं प्रधानमन्त्री पुष्पकमल दाहालले दूतावासमा भएको पत्रकारसँगको छलफलमा निश्चित देशको लगानी उनीहरूले निषेध गरेको स्वीकार गर्नुभएको छ । अर्थात् हामी जलस्रोतको धनी भए पनि जलश्रोतको उपयोग र उद्यम बिस्तारमा सम्प्रभु हुनेछैनौँ ।
नेपाली दूतावासको विज्ञप्तिलाई अध्ययन गर्ने हो भने हवाई रुटका विषयमा नेपालका प्रधानमन्त्रीको मात्र अभिव्यक्ति उल्लेख छ, त्यसप्रति भारतीय पक्षको प्रत्युत्तरको बारेमा उल्लेख छैन । अर्थात् भारत यस विषयमा मौन छ । मौनताको अर्थ सशर्त वा अस्वीकार हो । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल, उहाँकै भनाइलाई लिने हो भने नरेन्द्र मोदी जीको बडी ल्यांग्वेज सकारात्मक छ । यस्तै गम्भीर विषयमा बडी ल्यांग्वेजलाई हेरेर सन्तुष्ट हुने ठाउँ छैन ।
एयरपोर्टदेखि होटलसम्म राखिएका नरेन्द्र मोदी र प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त तस्बिरसहितको स्वागत बोर्डमा भारतीय प्रधानमन्त्री भारतीय गणराज्यका प्रधानमन्त्री भनी उल्लेख गरिनु र प्रधानमन्त्री पुष्पकमल दाहालको नामको मुनी गणतन्त्र नेपालका प्रधानमन्त्री उल्लेख नगरी गणतन्त्र शब्द झिकेर नेपालका प्रधानमन्त्री मात्र उल्लेख गर्नुले के भारतीय संस्थापन पक्षले नेपालको अगाडी गणतन्त्र स्विकार्न नचाहेको हो भन्ने शङ्का उत्पन्न हुन्छ ।
यद्यपि पेट्रोलियम पाइपलाइनको बिस्तार, मोटरेबल पुलको निर्माण, मल कारखानाको सम्भाव्यताको अध्ययनका क्षेत्रमा भएको सहमतिले नेपाललाई फाइदा नै पुग्नेछ । तर, पञ्चेश्वर डिपिआरका विषय, सीमा संयन्त्रको बैठक गर्ने विषय यी यस्ता विषय प्रधानमन्त्री तहमा दोहोर्याइरहने तर कार्यान्वयनको प्रक्रियामा नआउने शङ्का गर्न सकिन्छ ।
सीमा समाधानका विषयमा गम्भीर शङ्का गर्न सकिने ठाउँ रहेको छ । भारतले बङ्गलादेश लगायतको विभिन्न मोडल प्रस्तुत गरेको भनेर प्रधानमन्त्रीले भनेका छन् । तर जमिनको अदलीबदली गरी गरिने सीमा समस्या समाधान राष्ट्रिय हितमा हुनेछैन । महत्त्वपूर्ण, रणनीतिक सीमाका जमिन आफूले लिने र विपद् प्रभावित हुने र कम उपयोगी जमिन बदली गर्ने रणनीति भारतले लिन सक्ने गरी प्रचण्डलाई फकाएका हुन् कि भन्ने स्पष्टै देखिन्छ ।
प्रधानमन्त्रीले इपीजी प्रतिवेदन र लिपुलेकका विषय भारत रिसाउने र कुरा बिग्रने सम्भावनाले नउठाएका स्विकारेका छन् । अर्थात् भारतीय पक्षलाई खुसी पारी केही पारितोषिक सम्झौता र परियोजना हात पार्नु नै उनको मुख्य उद्देश्य हो कि भन्ने देखिन्छ ।
महाकालेश्वरको पूजा अर्चना र प्रचण्डको रूपान्तरण
राज्यभित्रका धर्महरूलाई सांस्कृतिक सम्पदा र नागरिकहरूको परम्परा र आस्थाको रूपमा स्विकार्ने र सबै धर्महरुबीच सम व्यवहार गर्नु नै आधुनिक राज्य र यसका सञ्चालकहरूको कर्तव्य हो । त्यसैले धर्म निरपेक्षता राज्यको चरित्र हो । अझ मार्क्सवादीहरू धार्मिक अतिवादीलाई हिंसा, द्वन्द्व र शोषणको मुख्य कारक मान्दछन्, त्यसैले धर्मान्धताको पक्षमा उनीहरू हुँदैनन् । १० वर्षीय जनयुद्धमा मन्दिर भत्काएका, माओवादी क्याम्पभित्र गाई गोरु काटी खाने अभियान चलाएका, पुराण भने बापत सफाया गर्ने तथा संस्कृत शिक्षालाई बहिष्कार गर्ने र जातीय राज्यको खोजी गर्ने माओवादी दलका नेता पूर्णकालीन अध्यक्ष नै मध्य प्रदेशको इन्दौरस्थित महाकालेश्वर मन्दिरमा गेरु वस्त्र लगाएर, आदरणीय सन्त गुरुका पाउ निकट बसेर ज्ञान प्राप्त गर्ने र पूजा अर्चना गरेको तस्बिर हामीले देख्न पायौँ ।
यसअघि, पत्रकार सम्मेलनमा नरेन्द्र मोदीले भनेका थिए हामी प्रचण्डलाई हिटबाट सुपरहिट बनाइदिन्छौँ । प्रचण्डले पनि केही समयअघि भनेका थिए कि उनको र नरेन्द्र मोदीको केमेष्टी मिलेको छ । नरेन्द्र मोदीको मुख्य केमेष्टी हिन्दु अतिवाद हो भन्ने विषयमा सायदै शङ्का गर्नुपर्ला, अर्थात् केमेष्टी मिलाइरहँदा प्रचण्डको राजनीतिक रूपान्तरण हिन्दु अतिवादतर्पm नै ढल्कन थालेको हो त ? वा नरेन्द्र मोदी जी को सुपरहिट सिनेमाको टिजर मात्र हो यो परिदृश्य ? आगामी दिनमा थप पटाक्षेप हुँदै जाने आशा गर्न सकिन्छ ।
समग्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल मोदी रिझाइ मार्गमा
यस भ्रमण नेपालका गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालको भन्दा पनि नेपालका एक चतुर नेता प्रचण्डको भएको देख्न सकिन्छ । समग्र भ्रमणमा भ्रमण दलमा सहभागी मन्त्री, सचिवहरूको भूमिका र सहभागिता मुख्य विषयका छलफल तथा कार्यक्रमहरू नदेखिनु, भारतीय पक्षले प्रचण्ड (मुख्य बेहुला) लाई मात्र बढी प्रभावमा लिनु र अन्य भ्रमण दलका सदस्य (जन्ती) को बेवास्ता गरिनुले प्रचण्ड जिको मोदी जीसँगको केमेष्टी त अन्तरघुलन भयो होला तर नेपाल सरकार र भारतीय सरकारको कूटनीतिक सम्बन्ध कति अन्तरघुलन भयो भन्ने प्रश्न नै रहेको छ । अर्कोतर्फ गठबन्धन सरकारका तर्फबाट सहभागी भएका गठबन्धन दलका मन्त्रीहरू, स्वयं परराष्ट्र मन्त्री पनि कतिपय विषय र छलफलका बारेमा जानकार नहुनुले स्पष्टै पारेको छ, कि यो प्रचण्डको पारिवारिक भ्रमण ज्यादा र नेपाल सरकारका प्रधानमन्त्री भ्रमण कम देखिएको छ ।
भ्रमणको पहिलो दिनमा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवले नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । समाचारमा आएका तथ्यहरूलाई हेर्ने हो भने, यो भेट भ्रमण तालिकामा उल्लेखित थिएन । प्रधानमन्त्री पुष्पकमल दाहालको आरामको समयमा बिना पूर्वतय भारतीय सुरक्षा सल्लाहकारको आगमन र भेटघाट र त्यसलाई प्रधानमन्त्रीले सहज स्वीकार गर्नुको अर्थ खोजी हुनु जरुरी छ ।
कूटनीतिमा रिझाइ नीति लिने अभ्यास रहेको छ, यद्यपि यो दिगो र प्रभावकारी होइन । त्रास र आसमा रहेका देशका कूटनीतिक प्रतिनिधिले अर्को देशको प्रतिनिधिलाई रिझाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने वा लाभ लिने कार्य रिझाइको नीतिमा हुने गर्दछ । विगतमा के पी ओली प्रधानमन्त्री रहेका बखत के पी ओलीलाई रिझाउनु भारतीय आवश्यकता थियो, नेपाल बलियो, सशक्त उपस्थितिका साथ भारतीय व्यग्रताका बीचमा भारत भ्रमण भएको थियो । त्यसैले मोदी स्वयंले स्वागत गर्ने र कतिपय विषयमा नेपालले राखेका दृष्टिकोण र अडानलाई स्वीकार गर्ने स्थिति बनेको थियो ।
यो भ्रमणमा नेपालका प्रधानमन्त्रीको व्यग्रता र अस्थिरताको त्रासको परिवेशमा भएको छ । यस अर्थ पुष्पकमल दाहाल मोदी रिझाइमा बढी सचेत र संवेदनशील भएको देखिन्छ । चाहे पूर्व निर्धारित नभएको अजित दोभलसँगको भेटघाट होस वा इन्दौरको महाकालेश्वरको पूजा अर्चना, यी सबै पुष्पकमल दाहालले मोदी रिझाइका निम्ति गरेको देखिन्छ ।
तर कूटनीतिमा सबैभन्दा कमजोर मानिएको अपिजमेन्ट पोलिसी (रिझाइ नीति) सफल र आफ्नो दिगो हितमा कहिल्यै हुँदैन । त्यसैले रिझाइ नीतिमा गरिएको यस भ्रमणले केही प्राविधिक पक्षहरूलाई निरन्तरता दिए पनि राष्ट्रिय हित र सुरक्षा तथा समृद्धिमा दिगो सकारात्मक प्रभाव पार्न सक्छ भन्नेमा प्रशस्तै शङ्का रहेको छ ।
प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार ८ : ३७ बजे
प्रतिक्रिया