काठमाडौंमा अझै तीन दिन वर्षा नहुने

काठमाडौँ । काठमाडौँमा अझै तीन दिन वर्षा नहुने महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ ।

मौसमविद् झाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ । काठमाडौँमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो ।

कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा शुक्रबार र आज न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम समान ३२ डिग्री सेल्सियस रहेको छ । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको राससमा सम्बन्धित जिल्लाबाट समाचार सम्प्रेषण भएका छन् । तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ३ : ४४ बजे