धरहराबाट उपत्यका नियाल्ने रहर

महिला टी–२० क्रिकेटः मलेसियाँसग नेपाल चार विकेटले पराजित

काठमाडौं । महिला टी–२०  क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेको हो। 

मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः  ७ विकेटले र २७ रनले विजयी भएको थियो । 

आजको खेलमा नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर र कविता जोशीले एक–एक विकेट लिए पनि नेपालको जीतका लागि पर्याप्त भने हुन सकेन ।

टस जितेर ब्याटिङ रोजेको नेपालले सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए।

पाँच खेलको श्रृङ्खलामा दुवै टोलीले दुई-दुई खेलमा जीत हासिल गरेका  अब अन्तिम खेल जित्ने टोलीले श्रृङ्खला जित्नेछ।

जसका लागि बिजयकाे लक्ष्य सहित दुवै टोली आइतबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १२ : ४४ बजे