महिला टी–२० क्रिकेट शृङ्खला : आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै

काठमाडौँ । आज नेपाल र मलेसियासँग महिला टी–२० क्रिकेट शृङ्खलाको चौथो खेल खेल्दै छ ।

आज हुने चौथो खेल बिहान ११ः०० बजे, वाइसडी, युकेम ओभल, मलेसियामा सुरु हुनेछ ।

हालसम्म भएका तीन खेल मध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल नेपाल २–१ ले अगाडि छ । आजको खेलमा पनि जीत हासिल गरेमा नेपालले अर्को खेल अगावै यस  शृङ्खलाको जीत हासिल गर्नेछ । 

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेलमा जीत हासिल गरेको थियो । जसअनुसार दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको नेपाल एक खेल अगावै जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।  

 

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : २७ बजे