शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुदैँछन् ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन् भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

उता, दशरथ रङ्गशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपिएफ फुटबल क्लब  भिडन्तमा उत्रने छन्, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

यसैगरी, रङ्गशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल यूथ क्लब आमुने सामुने हुनेछन्, जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।  

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : २२ बजे