आज वर्षाको सम्भावना

कुन बार कुन रङ्गको पहिरन लगाउँदा शुभ हुन्छ ? वास्तुबारे जान्नुहोस् !!

काठमाडौँ । आज हामी वास्तु रङका बारेमा कुरा गर्नेछौँ । यी कुरालाई ध्यानमा राखेर बार अनुसारका रङ्ग परिवर्तन गरेर लुगा लगाउनुहोस्, यसो गर्नाले तपाईँको जीवनमा ठुलो परिवर्तन आउनेछ । लामो समयदेखि चलिरहेको समस्यालाई धेरै हदसम्म समाधान गर्न सकिन्छ ।

वास्तु विज्ञ बिन्दु शाङ्गरीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रङ्गको पहिरन लगाउने ? भन्ने बारे जानकारी दिनुभएको छ । 

अब विलम्ब नगरी उहाँको कुरा सुनौ‌ँ ।
​​​​​​​पहिलो दिन अर्थात् आइतबार सुन्तला रङको, सोमबार सेतो, मङ्गलवार रातो, बुधवार हरियो, बिहीबार पहेँलो, शुक्रवार गुलाबी वा सेतो, शनिवार खैरो वा निलो पहिरन लगाउन विन्दुले सुझाव दिनुभएको छ । उहाँका अनुसार यी सबै रङहरूले तपाईँको जीवनमा रङ्ग थप्न काम गर्नेछ ।

यसले तपाईँको जीवनमा सकारात्मकता, खुसी, शान्ति र समृद्धि ल्याउनेछ। यो ’कलर थेरापी’ अपनाएर तपाईँको मन पनि शान्त रहनेछ । यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रङ्ग लगाउनाले खुसी मिल्छ । यसले तपाईँको मुडलाई सुधार्छ, तपाईँले रातो रङ्गको थेरापीबाट मानसिक शान्ति पाउनुहुनेछ र यसले रक्त कोशिकाहरूमा पनि राम्रो प्रभाव पार्छ । अर्कोतर्फ, पहेँलो रङ लगाउनाले तपाईँको बुद्धिको विकास हुन्छ, तपाईँलाई चनाखो बनाउँछ । नीलो रङ्गको पहिरनले मनमा हुने उथलपुथललाई शान्त गराउँछ । यो रङ्ग धेरै चिसो मानिन्छ । सेतो रङ्ग शान्तिको प्रतीक हो । गुलाबी रङले आँखालाई शीतलता दिन्छ, यसले तपाईँको मनमा प्रेम र दयाको सञ्चार प्रदान गर्दछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ३० बजे